अध्यक्षकाे घर पछाडि राखिएकाे बम डिस्पोज – Kanika Khabar
Monday, May 20Nepali News Portal

अध्यक्षकाे घर पछाडि राखिएकाे बम डिस्पोज

    मा प्रकाशित

रूपन्देही, २ वैशाख ।

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि सिमेन्टको बोराभित्र राखिएको बम शनिबार दिउँसो १२ बजेतिर नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

बम राखेको ठाउँमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्