वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन सुरु – Kanika Khabar
Friday, March 29Nepali News Portal

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन सुरु

    मा प्रकाशित

कनिका खबर
असार १९, दाङ ।
सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया हिजोबाट सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वीकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । उपत्यका बाहिरका प्रदेश श्रम कार्यालयबाट आइतबारदेखि सेवा दिन थालिनेछ । सरकारले आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान र अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषदको बैठकले असार १५ सम्मका लागि जारी गरिएको उक्त प्रावधान साउन सात गतेसम्मका लागि बढाएको हो । अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतसँगको सीमा बन्द गरिए पनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने जानकारी गराए । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत बन्द गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्