श्रद्धाञ्जलि सभा सम्पन्न – Kanika Khabar
Monday, December 8Nepali News Portal

श्रद्धाञ्जलि सभा सम्पन्न

    मा प्रकाशित

कनिका खबर
असार १९, दाङ ।
घोराही उपमहानगरपालिका वडा नं. ७ निवासी खिमबहादुर बस्नेतकी ममतामयी आमा हुकुमादेवी बस्नेतको १३ औँ दिनको शुद्धशान्तिको कार्यक्रमको अवसरमा काङ्ग्रेसले श्रद्धाञ्जलि सभा सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ७ का सभापति कर्णबहादुर बुढाथोकीको सभापतित्व तथा क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गीय बस्नेतले पार्टीमा पु¥याएको योगदानको चर्चा गरेका थिए । स्वर्गीय बस्नेतले पार्टीको बिस्तारका लागि पनि स्थानीयस्तरमा खेलेको भूमिका अनुकरणीय रहेका बताएका थिए ।
कार्यक्रममा काङ्ग्रेसका दाङ जिल्ला उपसभापति कमानसिंह भारती, क्षेत्र नं. २ का सभापति कमल गौतम, उपसभापतिभगतसिंह भण्डारी, सचिव बद्री कुमार खड्का, सह सचिव प्रकाश सुवेदी, सदूयहरु रेखबहादुर वली, वीर बहादुर के.सी.,केशव के.सी., महिला संघकी अध्यक्ष गोमा रावत, दलित संघका अध्यक्ष बाबुराम बि.क., नेविसंघका अध्यक्ष टोपबहादुर बुढाथोकी, वडा नं. ७ का सदस्य शरद के.सी. लगायतले बोलेका थिए । कार्यक्रम घोराही ७ का उपसभापति ठाकुर प्रसाद लामिछानेले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्