बम्जनविरुद्ध मुद्दा दायर – Kanika Khabar
Friday, April 26Nepali News Portal

बम्जनविरुद्ध मुद्दा दायर

    मा प्रकाशित

कनिका खबर
असार १९, दाङ ।
पटक पटक विवादमा आउने रामबहादुर बम्जन फेरि पनि विवादमा तानिएका छन् । यस पटक बम्जनविरुद्ध धर्मको आडमा बलात्कार र मानिस बेपत्ता पारेको आरोपमा जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले बिहीबार बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।

सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले अनलाइनखबरलाई बताएअनुसार बम्जनलाई १२ वर्षदेखि १४ वर्षसम्मको कैद सजाय माग गरिएको छ । मतियार बनेको अभियोगमा ज्ञानकुमार बम्जन र जेबी गुरुङलाई पनि आधा सजाय माग दाबी गरिएको छ ।

बालबालिका ऐनको यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण सम्बन्धी कसुरमा मुलुकी अपराध संहिताको करणी सम्बन्धी कसुर अनुसार कारबाही हुने व्यवस्था छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्