दिनानुदिन बढ्दै महाेत्सवकाे राैनक, आज आठौं दिन ज्याेतीसँगै झुमे दर्शक – Kanika Khabar
Monday, February 16Nepali News Portal

दिनानुदिन बढ्दै महाेत्सवकाे राैनक, आज आठौं दिन ज्याेतीसँगै झुमे दर्शक

    मा प्रकाशित

दाङ, २१ वैशाख ।

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ काे राैनक दिनानुदिन बढ्दै गएकाे छ ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज बिहीबार पनि दर्शकले महाेत्सवबाट मनाेरञ्जन लिएका हुन् ।

आज आठौं दिन लाेक गायिका तथा माेडल ज्याेती मगरसँगै दर्शकहरूले साङ्गीतिक मनाेरञ्जन लिएका छन् ।
लाेक गीतका क्षेत्रमा अब्बल गायिकाका रूपमा स्थापित भएकी गायिका मगरले पिरतीमा दम छ, दाेहाेरीमा र्याप, उही मुलाकाे सिन्की, कान्छी मुसुक्कै पैसा भुसुक्कै, चट्ट मुटु जाेडेर हाँस, ढाडे बिरालाे लगायतका गीत प्रस्तुत गरेकी हुन् ।

साथै आज महोत्सवमा गायक यागेश्वर बस्नेत, सुदन थापा, मिलन बुढा भीम, राजकुमार वली, काशीराम केसी, बिमला खड्का, हुमबहादुर डिसी, सीता भण्डारी, लिलाबहादुर बस्नेत, राशी रिजालकाे प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

एकल लाेक नृत्य प्रतियाेगिता सुरू

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ आजदेखि एकल लाेक नृत्य प्रतियोगिता सुरू भएकाे छ । आज पहिलाे दिन प्रतियोगितामा आठ जनाले प्रस्तुति दिएका छन् । आजकाे भएकाे पहिलाे चरणकाे प्रतियाेगितामा सन्ध्या राना, सरिष्मा घर्ती, लक्ष्मी बिक, नबिना डाँगी, रिमा थापा, मनसरी राना, लक्ष्मी छिनाल र मञ्जरी नेपाली सहभागी भएका थिए । आज भएकाे पहिलाे चरणकाे प्रतियोगिताबाट चार जना छनाैट भएका छन् । छनाैट हुनेमा सन्ध्या राना, सरिष्मा घर्ती, लक्ष्मी बिक र नबिना डाँगी रहेका छन् । प्रतियाेगितामा छनाैट भएका प्रतियाेगीहरू दाेस्राे चरणमा प्रवेश गरेका हुन् ।

भाेलि शुक्रबार पशुपति शर्मा

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि शुक्रबार पशुपति शर्माकाे प्रस्तुति रहने छ ।

साथै भोलि महोत्सवको नवाैं दिन गायक यागेश्वर बस्नेत, राशी रिजालकाे प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्