भोलि आठौं राष्ट्रिय पत्रकारिता दिवस मनाइने – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

भोलि आठौं राष्ट्रिय पत्रकारिता दिवस मनाइने

    मा प्रकाशित

काठमाडौं, २३ वैशाख । भोलि वैशाख २४ गते आठौं राष्ट्रिय पत्रकारिता दिवस मनाइदै छ ।
मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ ।

पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिने छ ।

सञ्चार तथा सूचनाा प्रविधि मन्त्रलायको आयोजनामा आइतवार दिउँसो ठीक १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा विशेष समारोह आयोजना गरिने भएको छ । सो समारोहमा नेपालको पत्रकारिताको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने दुुई जनालाई बरिष्ठ पत्रकार सम्मान र ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभएको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्वोधन गर्नुहुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्