कोरोनाका कारण अमेरिकामा मात्रै एक लाख ३१ हजार बढिको मृत्यु – Kanika Khabar
Thursday, September 24Nepali News Portal

कोरोनाका कारण अमेरिकामा मात्रै एक लाख ३१ हजार बढिको मृत्यु

    मा प्रकाशित

कनिका संवाददाता
असार १९, दाङ
कोरोना भाइरसका कारण अमेरिकामा मात्रै एक लाख ३१ हजार चार सय ८५ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाका कारण हालसम्म २८ लाख ३७ हजार मानिस सङ्क्रमित भएका छन् । अमेरिकामा अहिले पनि दैनिक लगभग ५० हजार मानिस सङ्क्रमित भइरहेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिदै चीनले भाइरसलाइ फैलन दिएको भन्दै आक्रोस व्यक्त गर्नुभएको छ । यसले अमेरिकाको नयाँ व्यापार सम्झौतालाई प्रभावित पारेको पनि उहाँले बताउनुभयो । अमेरिकामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेको बेला ट्रम्पले पछिल्लो अभिव्यक्ति दिनुभएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्