कोरोनाबाट ३३औँ व्यक्तिको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोरोनाबाट ३३औँ व्यक्तिको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार २०, दाङ ।
नेपालमा कोरोना सङ्क्रमणबाट ३३ औँ व्यक्तिको मृत्यु भएको छ । गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.नविन थापाले ती पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको जानकारी दिएका हुन् । उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन राति ९ः५५ बजे आइसोलसनमा राखेर उपचार सुरु गरिएको थियो । डा. थापाका अनुसार उनी डाइबिटीजको दीर्घरोगीसमेत थिए । उनी असार १६ गते कतारबाट आएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्