कनिका खबर
असार २०, सिन्धुपाल्चोक ।
विश्व कोभिड १९ को महामारीमा परिरहेको बेला कतिपय निकायहरु कमाउ धन्दामा लागेका छन् । यही महामारीलाई अवसरको रुपमा लिएर सिन्धुपाल्चोकका केही मेडिकल कमाउ धन्दामा लागेका छन् । ती मेडिकलहरुले लकडाउनको फाइदा उठाउँदै आर्थिक अनियमिता गरिएको प्रमाण भेटिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिका बजार क्षेत्रका मेडिकल फार्मेसीहरुमा हिजो गरिएको अनुगमनमा अनियमिता भेटिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए । सोही नगरपालिकाको सेतीदेवी मेडिकल राम्चेले २४ सयका दरले औषधी विक्री गरेकोे पाइएको हो ।
मेयर शेर्पाका अनुसार नेपाल सरकारले निशुल्क एबोसनको औषधी वितरण गरे पनि बढीमा ६० रुपैंया पर्ने औषधीलाई सेतीदेवी मेडिकलले २ हजार ४ सय रुपैंया लिएको हो ।
त्यस्तै सोही मेडिकलले औषधी विक्रीवितरण गर्दा बिल नदिएको पाइएको छ । हिजोको अनुगमनबाट एउटा प्रतिवेदन तयार गरी जिल्ला प्रशासन कार्यालय, जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ती सबै ५ वटा मेडिकलहरुलाई लिखित स्पष्टीकरणको लागि नगरस्वास्थ्य शाखाबाट पत्रचार गर्ने र कारवाहीको प्रक्रिया समेत अघि बढाउने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिए ।
मा प्रकाशित