सरद सागर देबकोटा
असार २०, दाङ ।
दाङको लमही निवासी एक परिवारले तीन महिनाको घरभाडा छुट दिएको छ । लमही निवासी मोहन कुँवर र उनकी श्रीमती तथा नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाहले आफ्नो घरमा बस्ने र व्यवसाय गर्दै आएका व्यापारीलाई घरभाडा छुट दिएका छन् । पत्रकार लिला शाह र मोहन कँवरले दाङको लमहीस्थित आफ्नो घरको ९ वटा कोठाको भाडा ३ महिनाका लागि छुट दिएको बताएका छन् । ९ वटा कोठाको ३ महिनाको भाडा १ लाख २० हजार रुपैया हुन्छ । व्यवसायीको पिरमर्का बुझी घर भाडा नै छुट दिएको मोहन कुँवरले बताए ।
लकडाउनमा व्यापारीहरु अत्यन्तै पिरमर्कामा रहेको र व्यापारी हरुको मनोबल उकास्नका निम्ति ३ महिनाका लागि घरभाडा नलिने उनले बताए । यसअघि घोराही उपमहानगरपालिका १८ नवलपुरको घरमाभाडामा बस्नेहरुको पनि तिन महिनाको घर भाडा छुट गरेको बताए ।