दाङ, १८ जेठ ।
दाङको घोराहीमा रहेको एक पसलमा आगलागी भएको छ । घोराही सहिद गेट रोडमा रहेको बन्जाडे ईलेक्ट्रोनिक्समा आगलागी भएको हो ।
एलजीको आधिकारीक विक्रेताको रुपमा रहेको पसलभित्रको गोदाममा आगलागी भएको हो ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका छन् ।
विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरे पनि आगलागीको कारण पुष्टि भने गरिसकेको छैन । आगलागीबाट भएको क्षतिको विवरण अझै आइसकेको छैन ।


