बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएकाको शव फेला – Kanika Khabar
Friday, February 14Nepali News Portal

बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएकाको शव फेला

    मा प्रकाशित

कनिका खबर
असार २० बझाङ ।

बझाङमा आज बिहान गएको पहिरोमा पुरिएर बेपत्ता भएका सात जनाको शव फेला परेको छ । पहिरोका कारण १८ घर पूर्ण रुपमा बगाएको र दुई वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
मृतकको सनाखत भइनसकेको बझाङ्का सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताएका छन् । आज बिहान दुई बजेतिर गएको पहिरोले क्षति भएको हो ।
पहिरोमा बेपत्ता भएको आशंका गरिएका २८ जना भने गाउँलेको सम्पर्कमा आएका छन् । गाउँमा ४० परिवारको बसोबास रहेको छ । पहिरो गएको गाउँमा उद्धारमा नेपाल प्रहरी, नेपाली सेनाको टोली र स्थानीय खटिएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्