खोकनावासी र प्रहरीबीच झडप हुदाँ चार जना प्रहरी घाइते – Kanika Khabar
Wednesday, June 25Nepali News Portal

खोकनावासी र प्रहरीबीच झडप हुदाँ चार जना प्रहरी घाइते

    मा प्रकाशित

कनिका संवाददाता
असार २०, काठमाडौं
ललितपुरको खोकनावासी र प्रहरीबीच आज दिउँसो झडप हुदाँ चार जना प्रहरी घाइते भएका छन् । खुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि सात राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ । झडपपछि अहिले खुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ ।

यो फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्गको शुन्य किलोमिटर हो । त्यस क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् । उनीहरुले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, द्रुत मार्गसँगै वाग्मती करिडोर, एक सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् ।

यसअघि असार १५ गते पनि प्रहरी र स्थानीयवासी विवाद भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्