प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव २०८० : चलचित्रकर्मीसँग छलफल – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव २०८० : चलचित्रकर्मीसँग छलफल

    मा प्रकाशित

No description available.दाङ, २५ जेठ ।
चलचित्र विकास बोर्डको आयोजनामा हुन थालेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव –२०८० का विषयमा चलचित्रकर्मीसँग छलफल गरिएको छ । बोर्डले आज बिहीबार दाङको घोराहीमा चलचित्रकर्मीहरुसँग छलफल गरेको हो ।

बोर्डका प्रवक्ता तथा महोत्सवका संयोजक के. एल पीडितको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङकाका सदस्य जुनु मगरको प्रमुख आतिथ्यतामा सम्पन्न छलफलले महोत्सवलाई सफल तुल्याउनका लागि चलचित्रकर्मीको भूमिका तथा रणनीति तय गरेको हो । प्रथम पटक हुन थालेको कार्यक्रम दाङमामा आयोजना हुनु र यसलाई सफल वार्नका लागि दाङलाई कर्मभूमि बनाएर चलचित्रका क्षेत्रमा काम गर्दै आएका चलचित्रकर्मी भूमिका अझ महत्वपूर्ण रहनुपर्ने कुराका वक्ताहरुले जोड दिएका थिए ।

महोत्सवलाई सभ्य र भब्य रुपमा सफल बनाउन सबै चलचित्र तथा कलाकर्मी लागिपर्नेमा प्रमुख अतिथि मगरले जोड दिएकी थिइन् ।

कार्यक्रममा विशिष्ट अतिथि तथा बाल चलचित्र समितिकी सदस्य प्रेमा गैरे, चलचित्रकर्मीहरु तेजजंग थापा, जेकी थापा, कमलमणि देवकोटा, डा. लोकराज पराजुली, सुदन थापा, दीपक समीर, अमर जिएम, सुशील स्टुपिड लगायतले रचनात्मक सुझाव सल्लाह दिएका थिए ।
महोत्सवमा चलचित्र प्रदर्शनी, चलचित्र क्षेत्रमा आधारित हाजिरी जवाफ, नृत्य प्रतियोगिता, अभिनय, पुस्तक तथा फोटो प्रदर्शनी, बालबालिकासँग भुवन केसी लगायतका कार्यक्रम रहेने भएका छन् ।
कार्यक्रमको सहजीकरण महोत्सव मूल आयोजक समितिका सदस्य आदिम केसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्