मेलम्ची खानेपानी आयोजनामा अवरोध कायमै – Kanika Khabar
Saturday, May 30Nepali News Portal

मेलम्ची खानेपानी आयोजनामा अवरोध कायमै

    मा प्रकाशित

कनिका संवाददाता
असार २०, सिन्धुपाल्चोक
मेलम्ची खानेपानी आयोजनामा कार्यरत स्थानीय सप्लायर्स तथा मजदुरले आफ्नो माग सुनुवाइ नभएको भन्दै आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले गत भदौ सात गते सचिव र आन्दोलनकारी बीचको पाँच वुँदे सहमति कार्यान्वयन नगरेको भन्दै आयोजना निर्माण सामग्री ढुवानी गर्ने यातायातको साधन सञ्चालनमा रोक लगाउने बताएका छन् ।

पिडितको माग अझै सम्वोधन नभएपछि थप कदम चाल्नु परेको मेलम्ची खानेपानी आयोजना सिएमसी पीडित संघर्ष समिति संयोजक विष्णुमणी आचार्यले बताउनुभयो । खानेपानी मन्त्रालयका सचिव माधव वेलवासेको बेइमानीका कारण पीडित आन्दोलनमा जान वाध्य बनाएको उहाँले बताउनुभयो । उहाँका अनुसार आयोजनाले पूर्व सहमति अनुसार प्राविधिक समितिको प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरिरहेको छ ।

त्यस्तै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ र खानेपानी विकास समितिका रामप्रसाद खरेल सदस्य सचिव रहेको कार्यादलको प्रतिवेदनलाई अवज्ञा गरेको आचार्यको ठहर छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर दुइका सांसद शेरबहादुर तामाङको पटक–पटकको पहललाई समेत वेवास्ता गरिएको उहाँले बताउनुभयो ।

पीडितले पाउनुपर्ने बाँकी रकम भुक्तानी सुनिश्चित नहुँदासम्म आन्दोलन शान्तीपूर्ण जारी रहने मेलम्ची आयोजना सिएमसी पीडित संघर्ष समितिले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्