कालिकोटमा पहिरोले पुरिएर एक महिलाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

कालिकोटमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार २१, दाङ ।
कालिकोट जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नंं. ७ माल्कोटकोे दुदुल्लीमा पहिरो जाँदा एक जना महिलाको मृत्यु भएको छ ।
माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा गएराति पहिरो जाँदा स्थानीय ३५ वर्षीया तुला बटालाको मृत्यु भएको हो । बटाला पानी लिन जाँदै गर्दा पहिरोले पुरिएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए । भैँसी गोठबाट पानी लिन जाँदा बीच बाटोमा खसेको पहिराले तुलालाई बगाएको हो । उनको घटना स्थलमै मृत्यु भएको र प्रहरी चौकी कुमालगाँउबाट घटनास्थलमा प्रहरीको टोली पठाएर मृतक बटालाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्