दाङमा वृक्षारोपणको सुरुवातः यो वर्ष तीन लाख बिरुवा रोपिने, विरुवा निशुल्क पाइने – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

दाङमा वृक्षारोपणको सुरुवातः यो वर्ष तीन लाख बिरुवा रोपिने, विरुवा निशुल्क पाइने

    मा प्रकाशित
No description available.दाङ, असार १४ ।
 राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले आज बिहिवारदेखि जिल्लाभर वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं २ मा रहेको गौरी सामुदायिक वनको खाली क्षेत्रमा बिहान एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।
डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठको सभापतित्व एंव प्रमुख जिल्ला अधिकारी सुशील बैधको प्रमुख आतिथ्यतमा एक औपचारिक कार्यक्रमको आयोजना गरी वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बैधले नेपालको सामुदायिक वन कार्यक्रम विश्वमै एक सफल कार्यक्रम भएको चर्चा गर्दै वनका माध्यमबाट जीविकोपार्जन सहित वन तथा वातावरणको संरक्षणमा लाग्न सवैलाई अनुरोध गरे ।
No description available.
कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत श्रेष्ठले यो वर्ष दाङमा तीन लाख बढि बिरुवा रोप्ने लक्ष्य अनुसार आजदेखि काम थालिएको बताए । ५ वटा नर्सरीमा उत्पादन गरिएका तीन लाख बढि बिरुवा रोप्ने काम आजदेखि शुरु भएको उनको भनाई थियो । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा आज बिभिन्न १४ स्थानमा औपचारिक कार्यक्रम नै गरेर १५ हजार बढि रोपिएको जानकारी दिए।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरी, गौरी सामुदायिक वन समूहका अध्यक्ष हिरालाल चौधरी, वडा सदस्य शरद डागी, सहायक वन अधिकृत अनन्त डाँगी, कृष्णसेन बहुप्राविधिक शिक्षालयका प्रशिक्षक प्रकाश ढकाल लगायतकाले बोलेका थिए।
सहायक वन अधिकृत अर्जुनप्रसाद चापागाईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहायक वन अधिकृत एंव सूचना अधिकारी खिमबहादुर केसीले गरेका थिए ।
वैज्ञानिक पार्कमा पनि वृक्षरोपण
घोराही उपमहानगरपालिका वडा नं १ मा रहेको आधारभूत विद्यालय सिमलतारामा डिभिजन वन कार्यालयको सहयोगमा निर्माण गरिएको वैज्ञानिक पार्कमा पनि राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर वृक्षारोपण गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै वडा नं १ का अध्यक्ष राममणि पाण्डेयले पार्क क्षेत्र विद्यार्थीहरुका लागि अध्ययनको राम्रो थलो भएको चर्चा गर्दै पार्क परिसरमा लगाएको बिरुवा हुर्काएर हराभर गराउने प्रतिवद्धता ब्यक्त गरे । आफूहरुले वन तथा वातावरण संरक्षणमा ध्यान दिएकै कारण हरियाली बढेकाका कारण अनेत्र गर्मी र पानीको हाराकार हुदा पनि आफ्नो वडामा त्यसको अनुभूति नभएको वडाध्यक्ष पाण्डेयको भनाई थियो । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले वैज्ञानिक पार्कलाई सिकाईको थलोका रुपमा विकास गर्ने गरी कार्यालयले काम गरिरहेको बताए ।
वसन्त हरियाली क्षेत्रमा पनि वृक्षारोपण
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका वडा नं ४ स्यालापानीमा रहेको निर्माण भएको पोखरि र निर्माणाधिन पिकनिक स्पोट परिसरमा वृक्षारोपण गरिएको छ । वन समूहका अध्यक्ष पदम योगीको सभापतित्व एंव डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन र वातावरणको संरक्षणले समाजमा पुग्ने फाइदाका बारेमा चर्चा गरिएको थियो ।
 कार्यक्रममा बोल्दै वडा नं ४ का अध्यक्ष मधुसुदन घिमिरेले वन तथा वातावरणको संरक्षणका लागि वडाले योजना नै बनाएर अघि बढेको बताए । कार्यक्रमको सहजीकरण वन समूहका कार्यालय सचिव बलदेव अधिकारीले गरेका थिए।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्