कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने – Kanika Khabar
Friday, January 17Nepali News Portal

कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने

    मा प्रकाशित

कनिका खबर
असार २१, दाङ ।

यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय भएको छ ।

कक्षा ११ को परीक्षा पनि विद्यालयकै मूल्याँकनका आधारमा हुनेछ । कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

शिक्षा मन्त्री अध्यक्षताको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्को शुक्रबार बसेको बैठकले मुल्याँकन कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्