गत २४ घण्टामा दुइ सय ९४ कोरोना सङक्रमित थपिए – Kanika Khabar
Thursday, September 28Nepali News Portal

गत २४ घण्टामा दुइ सय ९४ कोरोना सङक्रमित थपिए

    मा प्रकाशित

कनिका संवाददाता
असार २१, काठमाडौं
नेपालमा गत २४ घण्टाको अवधिमा दुइ सय ९४ कोरोना सङक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुइ सय ९३ थपिएसँगै कोरोना सङक्रमितको संख्या १५ हजार सात सय ८४ पुगेको छ । आइतबार नियमित जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत २४ घण्टामा एक सय ३२ सङक्रमण मुक्त भएका जनाएको हो । योसँगै हालसम्म ६ हजार पाँच सय ४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले जानकारी दिनुभयो ।

देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ । मन्त्रालका अनुसार नेपालका विभिन्न क्वारेन्टाइनमा ३१ हजार पाँच सय पाँच सय ७१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २७, ललितपुरका दुई र भक्तपुरका एक जनामा कोरोना पुष्टि भएको हो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका २१, ललितपुरका दुइ र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका पाँच जना संक्रमित भेटिएका छन् भने वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका एक जनामा संक्रमण पुष्टि भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्