चिकित्सकमाथि कुटपिटको विरोधमा चिकित्सकद्वारा बिरोध – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चिकित्सकमाथि कुटपिटको विरोधमा चिकित्सकद्वारा बिरोध

    मा प्रकाशित

कनिका संवाददाता
असार २१, काठमाडौं
चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकले बिरोध प्रदर्शन गरेका छन् । झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै चिकित्सकको एक टोलीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । असार ११ गते मेडिका हस्पिटलको आकस्मिक सेवामा कार्यरत डा. झामाथि बिरामी कुरुवाको १० जनाजतिको समूहले कुटपिट गरेको थियो ।

घटना भएको १० दिन बितिसक्दा पनि कुटपिटमा संलग्नमाथि कारबाही नभएकाले प्रदर्शनमा उत्रिएको आन्दोलनमा सहभागी नेपाल मेडिकल कलेजका डा. मणिविकास गुप्ताले जानकारी दिनुभयो । आजको प्रदर्शनमा नेपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजका विद्यार्थी र काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक सहभागी थिए ।

प्रदर्शनमा सहभागी चिकित्सकले बिरामी हेर्न मन छ, तर अझै कुटाइ खाने डर छ, लाठीको जवाफ लाठीमै दिनु ? न्याय खै ? जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्