स्व कोइरालाको जन्मजयन्तीका अवसरमा औषधी वितरण – Kanika Khabar
Monday, February 16Nepali News Portal

स्व कोइरालाको जन्मजयन्तीका अवसरमा औषधी वितरण

    मा प्रकाशित

घोराही,१७ असार ।

नेपाली कांग्रेसका पूर्व सभापती स्व गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज इकाइ समितिले नारायणपुरस्थित मानव कल्याण समाजलाइ औषधि वितरण गरेको छ ।

मानव कल्याण समाजमा आश्रय लिएर बसेका ३० जनाका लागि रुघाखोकी, ज्वरो, ग्याष्ट्रिक, घाटीको समस्या, टाउको दुख्ने, शरिर दुख्ने समस्याका बिरामीहरुका लागि औषधिसंगै भिटामिन हस्तान्तरण गरेका थिए ।

इकाइ अध्यक्ष चुडामणि डाँगीको अध्यक्षता तथा नेविसंघ जिल्ला अध्यक्ष कुलराज पोख्रेलको प्रमुख आतिथ्यता एवं नेविसंघ नेता निरज गिरी, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति मनोज डिसी, अम्बिकेश्वरी क्याम्पस स्ववियु सभापति रणबहादुर खड्काको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा औषधि वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेविसंघ जिल्ला अध्यक्ष पोख्रेलले नेविसंघले विद्यार्थीसँग सम्वन्धी मुद्धाहरुसँगै मानवीय सहायताका लागि समेत विभिन्न कार्यहरु गर्दै आएको बताएका थिए । साथै उनले नेविसंघलाई सामाजिक कार्यमा समेत जोडिएर अघि बढ्न आग्रह गरेका थिए ।

जिल्ला अध्यक्ष पोख्रेलले देशको परिवर्तनका लागि महत्वपूर्ण योगदान पु¥याउने निडर, साहसिक एवं कुशल नेतृत्वकर्ता स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाट विद्यार्थीहरुले धेरै कुराहरु सिक्न आवश्यक रहेको बताए ।

महेन्द्र बहुमुखी क्यामपस स्ववियु सदस्य रमिला शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मानव कल्याण समाजकी सन्चालिका सन्जिता श्रेष्ठले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सहजीकरण नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज इकाइ उपाध्यक्ष विजय बिष्टले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्