चितवनमा पनि फेसबुक लाइभ गरी एक युवतीले गरिन् आत्महत्या – Kanika Khabar
Friday, April 19Nepali News Portal

चितवनमा पनि फेसबुक लाइभ गरी एक युवतीले गरिन् आत्महत्या

    मा प्रकाशित

कनिका खबर
असार २१, दाङ ।
केही दिन अघि दाङमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेपछि यो प्रवृत्ति विस्तार हुन थालेको छ । कोभिड १९को महामारीबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीका बिचमा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको हो । दाङको तुलसीपुरमा एक युवतीले गरेको आत्महत्याको प्रकृतिलाई चितवनमा अर्की युवतीले पछ्याएकी छिन् ।
चितवनमा शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर झुण्डिएर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका इन्सपेक्टर सुभास भट्टका अनुसार भरतपुर महानगरपालिका–२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको जानकारी दिए ।

ती युवती भरतपुरको स्याउली बजारमा एउटा फ्ल्याटमा भाडामा तीनजना साथीसँग बस्दै आएकी थिइन् । साथीहरुको नभएको समयमा ती युवती सलको पासो लगाएर झुण्डिएकी प्रहरीको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्