चीनियाँ राजदूतले भेटिन वरिष्ठ नेता माधव नेपाललाई – Kanika Khabar
Sunday, April 19Nepali News Portal

चीनियाँ राजदूतले भेटिन वरिष्ठ नेता माधव नेपाललाई

    मा प्रकाशित

कनिका खबर
असार २२, दाङ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद आज साम्य हुने आँकलन गरिरहेको बेला चीनले तीव्र चासो देखाएको छ । चिनियाँ राजदूत हाउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी हुन् । उनले हिजो आइतबार साँझ नेकपाका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेटवार्ता गरेकी हुन् ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष एकातिर र प्रधानमन्त्री केपी ओली अर्कोतिर भइरहँदा शक्ति संघर्ष चर्किरहेको छ।

यसअघि वैशाखमा नेकपामा विवाद हुँदा चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नेपाललगायतलाई भेटेकी थिइन् ।

अहिले फेरि नेकपामा विवाद भइरहँदा यान्छीले वरिष्ठ नेता नेपाललाई भेटेकी हुन् । यान्छीको यो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघिको विवाद मिलाउनमा पनि उनको निकै महत्वपूर्ण भूमिका रहेको थियो । यान्छीको यो भेटलाई नेकपाभित्रको चर्किदौ विवादलाई सन्तुलनमा ल्याउने अर्थमा हेरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्