मृतकका आफन्तद्वारा प्रतिष्ठानमा धर्ना, सेवा ठप्प, प्रतिष्ठान परिसर तनावग्रस्त – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

मृतकका आफन्तद्वारा प्रतिष्ठानमा धर्ना, सेवा ठप्प, प्रतिष्ठान परिसर तनावग्रस्त

    मा प्रकाशित

घोराही, २९ असार

मृतकका आफन्तद्घारा धर्ना दिदा घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा शुक्रवार ठप्प भएको छ । विहीवार उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्वर ३ निवासी ११ बर्षीय आक्रोश नेपालीको प्रतिष्ठानमा मृत्यु भएको थियो ।

नेपालीको मृत्यु एमआरआई गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण भएको भन्दै पीडितका आफन्तहरु दोषीलाई कारवाहीसँगै क्षेतीपूर्तीको माग गर्दै आन्दोलित भएका छन् । सामान्य अवस्थाको विरामी अस्पतालको गम्भीर लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले प्रतिष्ठानको काउन्टरमा धर्नामा बसेका छन् ।

प्रतिष्ठानको गेटभित्रै काउन्टरमा पीडितहरुले धर्ना दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । मृतकका आफन्तहरुले धर्ना दिएपछि उपचारका लागि प्रतिष्ठान पुगेका विरामीहरु समस्यामा परेका छन् ।

बालकको मृत्युको विषयमा छानविन समिति बनाउनेसँगै बालककी आमालाई रोजगारी र उपचार खर्च बेहोर्न प्रतिष्ठान तयार रहेपनि पीडित पक्षको माग अनुसार रकम दिन नमान्दा सहमति हुन नसकेको पीडित पक्षले जानकारी दिएको छ । तर प्रतिष्ठानले भने पीडित पक्षसँग बार्ता जारी रहेपनि कुनै समय हुन नसकेको बताएको छ ।

क्षारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका नेपालीको एमआरआई गर्ने क्रममा बिरामीलाई ह्वील चिअरमा राखेर अक्सिजन सिलिण्डरसँगै लैजादा ढोकाबाटै एमआरआई मेसिनको चुम्वकले तान्दा सिलिण्डरले चोट लाग्दा बिरामीको मृत्यु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्