गुरुकुल एकेडेमीका नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण – Kanika Khabar
Saturday, May 18Nepali News Portal

गुरुकुल एकेडेमीका नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    मा प्रकाशित

दाङ, ३ साउन ।
गुरुकुल एकेडेमीले आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी नयाँ विद्यार्थी लागि अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । गुरुकुरुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षता एवं विद्यालयका अध्यक्ष इ. अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका अध्यक्ष इ. घिमिरेले गुरुकुलमा विद्यार्थीको दायित्व र उनीहरुको खुशी र भविष्यको विषयमा अभिमुखीकरण गराएका थिए। साथै उनले नव आगन्तुक विद्यार्थीले निकै मेहनत र लगनशील भएर अतिरिक्त क्रियाकलापको अनुभव गर्दै शिक्षण सिकाइ क्रियाकलापमा लाग्न समेत सुझाव दिए ।

स्वागत तथा अभिमुखीकरण कार्यक्रममा उपस्थित नव आगन्तुक विद्यार्थीलाई प्लस टु विज्ञान संयोजक अजय शाहले शैक्षिक गतिबिधिका बारेमा जानकारी दिएका थिए । उपस्थित नव आगन्तुक विद्यार्थीले आफूहरु अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल विद्यालयमा पढ्न पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा नयाँ अभिभावकहरुले दुवै विद्यालयबाट शैक्षिक क्रियाकलाप र हुनुपर्ने कार्यक्रमका बारेमा लिखित सुझाव तथा अपेक्षा संकलन गरिएको थियो ।
शैक्षिक बर्ष—२०८० मा गुरुकुल एकेडेमी घोराही आफ्ना बालबालिका भर्ना गरेका अभिभावकहरुलाई विद्यालयले सञ्चालन गरिरहेका कार्यक्रम, कार्यक्रमको कार्यान्वयनले शिक्षण सिकाईमा आएको प्रभावकारिता र त्यसले शिक्षामा आउने दिगो सिकाइपनबारे जानकारी गराउनका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमीका प्लसटु संयोजक निमानन्द गैरेले बताए। गुरुकुल एकेडेमी विद्यालयका भाइस प्रिन्सिपल मुकुन्द गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष ई अनन्तराज घिमिरे , नेपाली विषयका विभागीय प्रमुख विवेक देवकोटा , महाविर घर्ती मगर , योग समिति लुम्बिनी प्रदेश अध्यक्ष प्रेम शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको सहजिकरण विद्यालयका प्लस टु संयोजक निमानन्द गैरेले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्