थप १८० संगै नेपालमा कोरोना संक्रमित १५ हजार ९६४ – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

थप १८० संगै नेपालमा कोरोना संक्रमित १५ हजार ९६४

    मा प्रकाशित

कनिका संवाददाता
असार २२, काठमाडौं

नेपालमा थप एक सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो गत २ महिना यताकै सबैभन्दा कम सङ्ख्या रहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित मिडिया ब्रिफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार ९ सय ६४ पुगेको जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घन्टामा २ सय ६४ जना कोरोना सङ्क्रमित निको भएको भन्दै उहाँले योसँगै नेपालमा कोरोना सङ्क्रमणलाई जित्नेहरुको सङ्ख्या ६ हजार ८ सय ११ पुगेको बताउनुभयो ।

प्रवक्ता डा गौतमले बागलुंग निसिखोलाका २९ वर्षका एक जना युवकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको भन्दै नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको पनि जानकारी गराउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्