६ महिनापछि नेपाल–चीन रसुवागढी नाका आजबाट सञ्चालनमा – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

६ महिनापछि नेपाल–चीन रसुवागढी नाका आजबाट सञ्चालनमा

    मा प्रकाशित

कनिका संवाददाता
असार २२, रसुवा

कोरोना भाइरस सङ्क्रमणका कारण ६ महिनासम्म बन्द नेपाल–चीन रसुवागढी नाका आजबाट सञ्चालनमा आएको छ । चिनियाँ तर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । चीनतर्फबाट सामान आइपुगेको र नेपाल भित्र्याउन सुरक्षाको उपायसहित सामान झिक्ने काम सुरु भएको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो ।

दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी जुटेपछि नाका खुल्ने निश्चित भएको थियो । बन्द भएको ६ महिना ८ दिनपछि नाकाबाट एकतर्फी व्यापार सुरु भएको खड्काले बताउनुभयो । नेपालबाट हुने निकासी र मानवीय ओहोर दोहोर भने कोरोना सङ्क्रमण कम हुँदै गएपछि खोल्ने अनौपचारिक सहमति बनेको छ । आज चीनतर्फ लामो समयदेखि रोकिएको तयार कपडाहरु नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

नाका सञ्चालन आएसँगै निर्धारित मापदण्ड अनुसार दैनिक चारवटा चिनियाँ ट्रकले १ सय २० टन सामग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्