२०२० मा विश्वव्यापी अर्थतन्त्र सङ्कुचित हुन सक्छ ः संयुक्त राष्ट्र संघ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

२०२० मा विश्वव्यापी अर्थतन्त्र सङ्कुचित हुन सक्छ ः संयुक्त राष्ट्र संघ

    मा प्रकाशित

खगेश्वर पौडेल
बैशाख १५ दाङ ।
संयुक्त राष्ट्र संघले यसअघि २०२० को लागि प्रक्षेपण गरेको २.५ प्रतिशतको विश्व अर्थतन्त्रको बृद्धि कोभिड–१९ को महामारीको कारण करिव १ प्रतिशतले सङ्कुचन हुन सक्ने जनाएको छ । साथै विना कुनै वित्तिय योजना यो प्रतिवन्धित अवस्था थप लम्बिए विश्व अर्थतन्त्र अझ सङ्कुचित हुनसक्ने चेतावनी समेत संयुक्त राष्ट्रले दिएको छ ।
संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक मामिला विभाग (डिइएसए) को विश्लेषणले कोभिड–१९ महामारीले विश्वव्यापी आपूर्ति श्रृङ्खला र अन्तर्राष्ट्रिय व्यापारमा बाधा पु¥याइरहेको छ । केही हप्ता अघिको अवधिमा करीव १०० देशहरूले राष्ट्रिय सिमानाहरू बन्द गरेपछि, जनताको आवागमन र पर्यटन वहाव स्थगित भएको छ ।
यी देशका लाखौं कामदारहरूले आफ्नो रोजगारी गुम्न सक्ने अवस्थाको सामना गरिरहेका छन । सरकारले उनीहरूको अर्थव्यवस्थाको तीव्र गिरावट रोक्न ठूला प्रोत्साहन प्याकेजहरू बनाइरहेका छन । सबैभन्दा खराब अवस्थामा विश्व अर्थतन्त्र ० दशमलव ९ प्रतिशतले सङ्कुचित हुन सक्छ,, डिइएसएले भनेको छ, । २००९ मा विश्वव्यापी वित्तीय सङकटमा विश्व अर्थतन्त्र १.७ प्रतिशतले सङ्कुचित भएको थियो ।
विश्व आर्थिक स्थिति र सम्भावना २०२० मा रिपोर्ट गरिएको अनुसार २०२० मा कोभिड १९ को प्रकोप हुनु अघि विश्व उत्पादन २ दशमलव ५ प्रतिशतको औसत गतिमा बढ्ने अपेक्षा गरिएको थियो । आर्थिक अवस्थाको स्वरूपमा परिवर्तन गर्दै, संयुक्त राष्ट्र डिइएसएको विश्व आर्थिक पूर्वानुमान मोडेलले २०२० मा विश्वव्यापी वृद्धिको लागि सबैभन्दा राम्रो र सबैभन्दा खराब अवस्थाको अनुमान गरिएको छ ।
सबैभन्दा उत्तम अवस्थामा स्थितिमा, निजी खपत, लगानी र निर्यातमा मध्यम गिरावट र जी ७ देशहरूका साथै चीनमा सरकारी खर्चमा बढ्दो वृद्धिले गर्दा २०२० मा विश्वव्यापी अर्थतन्त्रको बृद्धि १ दशमलव २ प्रतिशतमा झर्नेछ ।
सबैभन्दा खराब अवस्थाको स्थितिमा, २०२० मा विश्वव्यापी उत्पादन ०ं.९ प्रतिशतमा सङ्कुचित हुनेछ । यसको अवस्था कस्तो हुने भन्ने कुरा चीन, जापान, दक्षिण कोरिया, अमेरिका र युरोपियन युनियन जस्ता देशहरुमा हुने विभिन्न परिमाणको माग पक्षमा हुने झट्काको साथै तेलको मूल्यमा हुने गिरावट समेतले असर तय गर्नेछ ।

डिइएसएले भनेको छ कि आर्थिक प्रभावको गहनता मुख्यतया दुई कारकहरूमा निर्भर गर्दछ– मानिसहरुको आवागमनमा प्रतिवन्धको अवधि र प्रमुख अर्थव्यवस्थामा आर्थिक गतिविधिहरू, र सङ्कटको समाधानका लागि तयार गरिने वित्तिय क्रियाकलापको आकार र प्रभावकारितामा । स्वास्थ्य खर्चलाई प्राथमिकता दिइ, भाइरसको फैलावटलाई नियन्त्रण गर्न र महामारीले ग्रस्त परिवारहरूलाई आय समर्थन प्रदान गर्दा गहिरा आर्थिक मन्दीको सम्भावनालाई कम गर्न मद्दत गर्दछ ।

पूर्वानुमानका अनुसार, युरोप र उत्तर अमेरिकामा समग्र अर्थव्यवस्थामा करिव एक चौथाई भन्दा बढी रोजगारी सृजना गर्ने क्षेत्रहरु जस्तै खुद्रा व्यापार, होटल, मनोरन्जन र यातायात सेवाहरू लाई बन्दाबन्दीले कडाईका साथ प्रहार गर्दैछ, । डिइएसएले भन्यो कि व्यावसायले आम्दानी गुमाएपछि बेरोजगारी तीव्र रूपमा बढ्ने सम्भावना छ, जसले अर्थतन्त्रको लागि आपूर्ति पक्षको आघातलाई बृहत्तर डिमान्ड साइड आघातमा रूपान्तरण गर्दछ ।
यस पृष्ठभूमिमा, संयुक्त राष्ट्र संघ अन्र्तगतको डिइएसएले आफनो प्रणालीमा रहेका राष्ट्रहरुलाई स्वास्थ्य खर्चलाई प्राथमिकतामा राख्न र महामारीबाट प्रभावित परिवारहरुलाई सहयोग पु¥याउने गरी आर्थिक प्याकेजको आह्वान गरेकोछ ।
संयुक्त राष्ट्र«संघ अन्र्तगतका आर्थिक तथा समाजिक मामिला विभगका उपमहासचिव लियू जेन्मिन भन्दछन्– “महामारी र जीवन बचाउन मात्र नभई हाम्रो समाजमा अति नै जोखिम पर्ने आर्थिक विनाशबाट बचाउन र आर्थिक बृद्धि र वित्तीय स्थायित्व कायम गर्नका लागि तत्काल र साहसी नीतिगत उपायहरू आवश्यक छ, ।”

विश्लेषणले यो चेतावनी पनि दियो कि विकसित अर्थतन्त्रहरुमा लामो समयसम्म आर्थिक प्रतिबन्धको प्रतिकूल प्रभाव छिट्टै विकासोन्मुख देशहरु लाई व्यापार र लगानी माध्यमहरु मार्फत प्रवाहित हुनेछ । युरोपियन युनियन र संयुक्त राज्य अमेरिकामा उपभोक्ता खर्चमा भएको तीव्र गिरावटले विकासोन्मुख देशहरूबाट उपभोक्ता वस्तुहरूको आयात घटाउनेछ ।

“विकासशील देशहरू, खास गरी पर्यटन र वस्तुको निर्यातमा आश्रित देशहरूले बढी आर्थिक जोखिमको सामना गर्नुपर्दछ । विश्वव्यापी उत्पादनमा ठूलो अनुपात गिरावट आउन सक्दछ, सथै पर्यटकको संख्यामा हुन सक्ने ठूलो गिरावटले विकासशील राज्यहरूमा पर्यटन क्षेत्रलाई चोट पु¥याउने सम्भावना छ, जसले लाखौंलाई कम रोजगार दिन्छ” । विश्लेषणमा भनिएका छ । यसैबीच, वस्तुसँग सम्बन्धित राजस्वमा भएको गिरावट र पुँजीगत बहावको उल्टो कारण धेरै राष्ट्रहरूको ऋण सङ्कटको सम्भावना बढेको छ । यो महामारीको सामना गर्न सरकारले खर्च जुटाउनका लागि साथै उपभोग र लगानीलाई सहजीकरण गर्नका लागि सरकारहरूले सार्वजनिक खर्च घटाउन बाध्य हुनसक्छन् ।

संयुक्त राष्ट्रका प्रमुख अर्थशास्त्री एवं आर्थिक विकासका लागि सहायक महासचिव इलियट ह्यारिसका अनुसार यस महाविपत्तीबाट विश्वलाई सही र दीगो दिशामा ल्याउनको लागि एउटा सामुहिक लक्ष्यको आवश्यकता छ । साथै यसले कसरी अति असुरक्षित जनसंख्यालाई असर गरिरहेको छ र दिगो विकासको अर्थ के हो भनेर हामीले बिर्सनु हुँदैन, उनले भने ।
(समाचार एजेन्सीहरुकोे सहयोगमा)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्