राष्ट्रिय खेलकुद परिषदको कार्यवाहक सदस्य सचिवमा ढकाल नियुक्त – Kanika Khabar
Thursday, June 11Nepali News Portal

राष्ट्रिय खेलकुद परिषदको कार्यवाहक सदस्य सचिवमा ढकाल नियुक्त

    मा प्रकाशित

कनिका डेस्क
असार २२, दाङ
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यवाहक सदस्य सचिवमा भक्त बहादुर ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आज ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । उहाँ मन्त्रालयको खेलकुद विभाग महाशाखा प्रमुख हुनुहुन्थ्यो । नयाँ खेलकुद विकास ऐन गत बिहिबारबाट लागू भएसँगै राखेपको सदस्य सचिव पद रिक्त रहेको छ । खेलकुद विकास ऐन २०४८ निष्कृय भएसँगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । जसको कारण नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिईएको हो । मन्त्रालयले नयाँ सदस्य सचिव नियुक्त गर्ने बताईसकेको छ । नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ । समितिले योग्यता पुरा भएका व्यक्तिबाट सदस्य सचिवको नियुक्तिको लागि एक जना महिला सहित तीन जना उपयुक्त व्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रीपरिषदमा पेश हुने उल्लेख छ । मन्त्रीपरिषद्ले उपयुक्त ठानेको ब्यक्तिलाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ । सदस्य सचिवका लागि नयाँ ऐनले योग्यता समेत निर्धारण गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्