मा प्रकाशित
दाङ, १५ साउन ।
संसदमा देखिएको गतिराेध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच छलफल सुरु भएको हाे ।
छलफलमा सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका बारेमा छलफल हुने बताइएको छ ।
यसअघि हिजो पनि ओली, प्रचण्ड र शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।


