लेभान्टे र रियल सोसिडाडको खेल बराबरीमा – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

लेभान्टे र रियल सोसिडाडको खेल बराबरीमा

    मा प्रकाशित

कनिका खबर
असार २३, दाङ ।
स्पेनिस ला लिगा फुटबलमा लेभान्टे र रियल सोसिडाडको खेल बराबरीमा सकिएको छ । लेभान्टेको घरेलु मैदानमा आइतबार राति भएको खेलमा एक एक गोलको बराबरीमा सकिएको हो ।
खेलको १२औँ मिनेटमा इसाकको गोलमा रियलले अग्रता लिए पनि त्यो ४ मिनेटभन्दा बढी टिक्न सकेन ।
खेलको १६औँ मिनेटमा लेभान्टेका मोरालिसले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै पनि टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा टुंगियो । बराबरीसँगै दुबै टोलीले एक(एक अंक बाडेका छन् ।

बराबरीपछि पनि रियल ५१ अंकसहित तालिकाको सातौँ स्थानमा छ भने लेभान्टे ४३ अंकसहित १२औँ स्थानमा छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्