स्पान कलेज प्रमुखमा सुबेदी – Kanika Khabar
Saturday, May 18Nepali News Portal

स्पान कलेज प्रमुखमा सुबेदी

    मा प्रकाशित

घोराही, १९ साउन ।
स्पान नेसनल कलेज प्रालिद्वारा सञ्चालित भिएन क्याम्पस घोराही दाङका क्याम्पस प्रमुखमा मदन सुबेदीले चयन भएका छन् । क्याम्पस प्रमुख सुबेदीले आज शुत्र,बार एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका हुन् ।

कलेजका अध्यक्ष प्रकाश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख सुबेदीले कलेजलाई सबैको साथ सहयोगबाट उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । यही बैशाखमा सुबेदीले क्याम्पस प्रमुखको जिम्मेवारै सम्हालेका थिए ।

स्पान नेसनल कलेज प्रालिका अध्यक्ष देवकोटाले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कलेज स्थापना गरिएको बताए। कलेजमा बिएड , बिबिएस र एमएड तहका पढाइ हुने गरेको छ ।

भिएन कलेजको नामबाट सञ्चालित कलेजले यो वर्षदेखि स्पान नेसनल कलेजको नामबाट आफ्ना शैक्षिक गतिविधि सञ्चालन गरिरहेको अध्यक्ष देवकोटाले बताए । प्राध्यापक यज्ञ महराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्राध्यापक रोशन देबकोटाले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्