आँखासम्बन्धी रोगको प्रकोप : चितवनमा विद्यालय बन्द – Kanika Khabar
Saturday, May 18Nepali News Portal

आँखासम्बन्धी रोगको प्रकोप : चितवनमा विद्यालय बन्द

    मा प्रकाशित

चितवन, २१ साउन ।
पछिल्लो समयमा आँखासम्बन्धी समस्या बढ्न थालेपछि देशका विभिन्न स्थानका विद्यालयहरु बन्द हुन थालेका छन् । चितवनमा स्थानीय पालिकाहरुले विद्यालयमा पठनपाठन स्थगन गर्न अनुरोध गरेका छन् । चितवनमा पनि आँखा पाक्ने रोग फैलिन थालेपछि भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन् ।

भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै महानगरका २९ वटै वडामा रहेका विद्यालय साउन २२ गतेदेखि २६ गतेसम्म ५ दिन बन्द गर्ने निर्णय भएको जनाएको छ ।

महानगरले सामुदायिक तथा संस्थागत विद्यालयहरु, प्रारम्भिक बाल शिक्षक, बाल विकास केन्द्र, मन्टेश्वरी, किण्डर गार्डेन बन्द रहने सूचनामा उल्लेख गरेको छ । यस्तैं, रत्ननगर नगरपालिकाले सबै विद्यालयहरुलाई साउन २२ देखि २४ गतेसम्म बन्द गर्न सूचना जारी गरेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिकाले यसअघि नै साउन २१ र २२ गते विद्यालय बन्द गर्ने सूचना जारी गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्