भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
असार २३, दाङ ।
राप्ती गाउँपालिकाका सम्पुर्ण खोप केन्द्र वाट पाँच वर्षसम्मका बालबालिकालाई हिजो सोमबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । हिजो खान छुटेकालाई घरघरमै गएर आज खुवाइनेछ ।
राप्ती क्षेत्रका ६४ स्यंसेवीकाहरुद्वारा बालबालकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताए ।
नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।
गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका गत चैत २१ गते स्थगित गरिएको थियो ।
बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्