निजी शैक्षिक संस्थाका छाता संगठनले आज देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाउँदै – Kanika Khabar
Monday, February 16Nepali News Portal

निजी शैक्षिक संस्थाका छाता संगठनले आज देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाउँदै

    मा प्रकाशित

दाङ, २४ साउन ।
निजी शैक्षिक संस्थाका छाता संगठनले आज देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाउने भएका छन् । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति असन्तुष्टि देखाउँदै निजी शैक्षिक संस्थाले आन्दोलनको घोषणा गरेसँगै आज आन्दोलनको पहिलो दिन ज्ञापन पत्र बुझाउन लागेका हुन् ।

प्याबसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा हिजो मंगलबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए ।

आन्दोलनका कार्यक्रम अन्र्तगत साउन २४ गते देशभरकै स्थानीय तह,जिल्ला प्रशासन कार्यलय,शिक्षा विकास तथा समन्वय इकाइ र प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने भएका हुन् ।
भोलि साउन २५ गते माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने, साउन २६ गते सरोकारवाला पक्षहरु सगँ छलफल गर्ने , साउन २७ गते आ आफना संगठनहरुमा समीक्षा बैठक गर्ने, साउन २८ गते देखि देशभरकै निजी शैक्षिक संस्था अनिश्चितकालीन बन्द गर्न घोषणा गरेका छन् ।

यस्तै भदौ १ गते अनिश्चितकालिन निजी शैक्षिक संस्था बन्दको कार्यक्रम लाई निरन्तरता दिदै विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थलमा पार्किङ गर्न घोषणा गरेका हुन् । विद्यालय बन्द गर्न अगावै आफना मागहरु सरकारले सम्बोधन गर्नुपर्न निजी शैक्षिक संस्थाको माग रहेको छ ।

प्रस्तावित मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउँदै आएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्