लगातार वर्षा हुने, सर्तक रहन अनुरोध – Kanika Khabar
Thursday, April 16Nepali News Portal

लगातार वर्षा हुने, सर्तक रहन अनुरोध

    मा प्रकाशित

कनिका संवाददाता
असार २३, काठमाडौं
पर्सि रातिबाट लगातार वर्षा हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ । महाशाखाले मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले आउँदो बिहीबार रातिबाट मनसुन सक्रिय हुने जानकारी दिएको हो । जसका कारण नेपालका धेरैजसो ठाउँमा लगातार वर्षा हुने भएकाले बाढीपहिरो, डुबानजस्ता विपद् आइपर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन सक्रिय हुने देखिएको छ, जसका कारण नेपालका धेरैजसो ठाँउमा लगातार वर्षाका साथै खासगरी तराईका केही र पहाडका थोरै स्थानमा भारी वर्षासमेत हुन सक्ने मौसमविद्ले बताएका छन् । बर्षका कारण तराइका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । महाशाखाका अनुसार राति पनि देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्