कसको पल्ला भारी ? योजना भर्सेज एक्सन – Kanika Khabar
Friday, April 26Nepali News Portal

कसको पल्ला भारी ? योजना भर्सेज एक्सन

    मा प्रकाशित

कनिका डेस्क
असार २३, दाङ ।
कुनै भवितव्य परेन भने नेपाल प्रहरीले आज २८ औं प्रहरी महानिरीक्षक पाउने छ । आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्तिको टुं‍गो लगाउने बताइएको छ ।
आइजिपीको दौडमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्वय) शैलेश थापा क्षत्री र हरि पाल रहेका छन् । यी दुई मध्ये एक जनाले आइजिपीको जिम्मेवारी पाउनेछन् । शैलेश थापा योजना बनाउन निकै सिपालु मानिन्छन् । उनी कुशल योजनाकारका रुपमा नेपाल प्रहरीमा आफ्नो छवी उच्च राखेका छन् । हरि पाल ‘एक्सन’मा मेधावी मान्छिन् । उनले नेपाल प्रहरीमा दरिलो एक्सनकारका रुपमा आफ्नो छवी उच्च राखेका छन् ।
पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० बाट सेवा प्रवेश गरेका हुन् । प्रहरीभित्र दुवै व्यावसायिक अधिकृत मानिन्छन् ।

नयाँ आईजीपी नियुक्तिसम्बन्धि प्रस्ताव प्रधानमन्त्री ओलीसमक्ष लैजान गृह मन्त्रालयले तयारी थालेको छ । नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्