भाेलिबाट अत्यावश्यक पसलहरू खुल्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

भाेलिबाट अत्यावश्यक पसलहरू खुल्ने

    मा प्रकाशित

कनिका खबर संवाददाता
बैशाख १५ दाङ ।
भाेलि मङ्गलबारबाट घाेराही दाङका अत्यावश्यक पसलहरू खुल्ने भएका छन् । हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म अत्यावश्यक सामग्रीका पसल खुला राख्ने व्यवस्था मिलाएकाे दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गाेविन्द प्रसाद रिजालले कनिका खबरलाई बताए । साथै अत्यावश्यक अावश्यकताका पसलभित्र किराना, फलफूल र तरकारीलाई राखिएको पनि प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

यस अघि अत्यावश्यक सामग्री दाङ उद्योग वाणिज्य संघले हाेम डेलिभरी सेवा प्रदान गर्दै अाएकाे थियाे । भाेलिदेखि उद्योग वाणिज्य संघले गर्दै अाएकाे हाेम डेलिभरी हुने छैन ।

दाङ चेम्बरकाे अभियानमा सञ्चालन हुँदै अाएकाे हाेम डेलिभरी लकडाउन अवधिभर सुचारू भइरहने चेम्बरका संस्थापक अध्यक्ष दिपक सुवेदीले बताए ।

केही दिन अघिदेखि नै एग्राेभेट पसलहरू खुला राखिएकाे छ । वर्षायाम नजिकिदै गर्दा कृषकका लागि अावश्यक पर्ने वीउविजन र अाैषधिका लागि एग्राेभेट खुला गरिएकाे हाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्