नृत्य निर्देशक गोरनको निधन – Kanika Khabar
Friday, April 26Nepali News Portal

नृत्य निर्देशक गोरनको निधन

    मा प्रकाशित

प्रिया स्मृती गजमेर

असार २३,दाङ ।

राष्ट्रिय नाचघर काठमाडौमा कार्यरत दाङ लमही नगरपालिका वडा नम्बर ६ लङडी निवासी कलाकार गोरन चौधरीको निधन भएको छ । उनी शुक्रबार राति दस बजेतिर काठमाण्डौको चपली भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हँुदा गम्भीर घाइते भएका थिए ।

कलाकार गोरनसँगै सवार अर्का रामेछाप जिल्लाका तिलक सुनुवारको दुर्घटना भएको अर्को दिन मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका गोरनको काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचार भैरहेको थियो । उनको उपचारकै क्रममा आज मंगलवार बिहान समयमा निधन भएको कलाकार बिपिन घिमिरेले जानकारी दिए ।

२०६१÷६२ तिर स्थायी कर्मचारीका रुपमा जागिरे जीवन शुरु गरेका गोरन नृत्य क्षेत्रमा निकै अब्बल मानिन्थे । पछिल्लो समययता गोरन म्युजिक भिडियोमा अत्यन्तै ब्यस्त कलाकारका रुपले चिनिन्थे साथै विभिन्न मेला महोत्सवमा आम दर्शकहरुले धेरै रुचाइएका कलाकार मध्ये एक थिए ।

बिरेन्द्र हमाल, प्रभाकर देब शर्माद्वारा निर्देशन गरेको शोक्न वात्सवदत्ता, एक चिहान लगायत थुप्रै नाटकहरुमा अभिनय गरेका छन् । खासगरी गीत सङ्गीतको क्षेत्रमा गोरनले कोरियोग्राफीको काम गर्ने गर्दथे ।

उमेरले ४५ पुगेका गोरन राष्ट्रिय नाचघरसम्म पुग्नका लागि गीत सङ्गीतको क्षेत्रमा धेरै मेहनत गरेको दाङकै अर्का गायक तथा सङ्गीतकार यादव योगीले बताए ।

गोरनले गीत सङ्गीतको क्षेत्रमा गरेका योगदानको जति बयान गरे पनि कम हुन्छ, । गोरनको निधनले समग्र गीत सङ्गीतको क्षेत्रमा ठूलो चोट पुगेको गायक योगीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्