महिला सामुदायिकको ३० औं स्थापना दिवस : रक्तदान र शैक्षिक सामग्री सहयोग – Kanika Khabar
Friday, May 17Nepali News Portal

महिला सामुदायिकको ३० औं स्थापना दिवस : रक्तदान र शैक्षिक सामग्री सहयोग

    मा प्रकाशित

घोराही, ३ भदौ
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले ३० औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए । जसमा आकाश योगी, विवेक रावत, समीर भण्डारी, सुष्मा बि.क, चन्द्र डाँगी, कल्पना डाँगी, अम्बिका वली, संगीता राई, माधवकुमार राई, रञ्जिता नेपाली, रमेश नेपाली, साहिल डाँगी, पंयुशनाथ योगी, अनिल अधिकारीले रक्तदान गरेका थिए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेहेन्दार तथा अति विपन्न परिवारका १५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु सहयोग गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख डिसीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामाजिक रुपान्तरणको क्षेत्रमा अतुलनीय योगदान गरेको बताइन् । उनले ३० बर्षको यात्रामा यस संस्थाले विपन्न तथा पछाडि पारिएको समुदायको लागि काम गरेको बताउदै धेरै महिलाहरुलाई जीवन जिउन सक्ने बनाएको बताइन् ।

यस संस्थाले समाजका लागि धेरै नै उदाहरणीय कामहरु गरेको छ । जुन यहाँ वर्णन गरेर नै सम्भव छैन’ उनले भनिन् ‘राज्यको स्रोतको आश गर्ने संस्थाहरु धेरै छन्, तर यो संस्थाले सरकारलाई सहयोग गरेको छ ।’ डिसीले महिलाहरुको सामाजिक तथा आर्थिक विकासका लागि सामुदायिक सेवा केन्द्रले पु¥याएको योगदान महत्वपूर्ण भएको बताइन् । द्वन्द्वपीडित परिवारलाई समाजमा स्थापित गर्नकालागी यस संस्थाले लामो समयदेखि काम गरिरहेको उनको भनाई थियो । उनले घोराही उपमहानगरपालिकाले उपमहानगरबासीहरुका लागि निशुल्क रगतको व्यवस्था गरेको पनि बताइन् ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि रक्त सञ्चार केन्द्रका ठाकुर पौडेलले नेपाल महिला सामुदायिक सेवा केन्द्रले क्यालेण्डरमै राखेर हरेक वर्ष स्थापना दिवसमा रक्तदान गर्ने गरेको भन्दै लामो समयदेखी संस्थागत सहकार्य रहेको बताए । उनले मानव जीवनको सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान रहेको बताए । संस्थाका सचिव शिवा योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम अधिकृत आर.के.शीतलले गरेका थिए ।
स्वावलम्बी तथा चेतनशील महिला समाजको सृजना गर्ने परिकल्पना स्थानीय सिप तथा श्रमको उपयोग गरेर सामाजिक शसक्तिकरण तथा आर्थिक सशक्तिकरण गर्ने ध्यय र लक्ष्यकासाथ स्थापना भएको नेपाल महिला सामुदायिक सेवा केन्द्रले दिगो शान्ति स्थापनाका लागि सामुदायिक जागरण बालिका शिक्षा, मानव अधिकार संरक्षण तथा प्रवर्धन, द्वन्द्व प्रभावित क्षेत्र तथा समुदायको पुनःनिर्माण तथा पुर्नस्थापनामा सहयोग, वातावरण/पर्यावरण संरक्षण तथा विपद व्यवस्थापन, लघुवित्त कार्यक्रम, सहकारी मार्फत सामुदायिक विकास र उद्यम विकास कार्यक्रम मार्फत युवाहरुमा स्वरोजगार निमार्ण लगायतका कार्यहरु गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्