लमहीमा फोहोर व्यवस्थापनबारे छलफल – Kanika Khabar
Monday, February 16Nepali News Portal

लमहीमा फोहोर व्यवस्थापनबारे छलफल

    मा प्रकाशित

लमही भदौ ८ ।

लमही नगरपालिका भित्र संकलन हुने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भएको छ । दिगो विकास लक्ष्य स्वैच्छिक पुनरावलोकन प्रतिवेदन निर्माणको काम गर्दै आएको युएनडिपिका प्रतिनिधिसंग पालिकाले फोहोर व्यवस्थापन सम्बन्धि छलफल गरेको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताए ।

फोहरलाई मोहोरमा परिणत गर्न सके सबैलाई फाइदा पुग्ने बताउदै फोहोर बस्तुबाट प्राङ्कारिक मल उत्पादन गर्न सकिने, ग्यास उत्पादन गर्न सकिने भन्दै नगरपालिकाले यो विषयमा अध्ययन थाल्ने छ’- प्रमुख चौधरीले भने ।

कुनैपनी काम गर्दा योजना पुर्व तयारी आवश्यक हुन्छ, एक पटक काम गरेपछि फेरि त्यो कामलाई बिगारेर गर्नु पर्ने परिपाटी बसेको छ यसले गर्दा हाम्रो वजेट र समय खेर गैरहेको हुन्छ, यो कुरामा सबैको ध्यान जान जरुरी छ’- नगरप्रमुख चौधरीले भने ।

लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले समृद्ध नगरपालिका बनाउनका लागि सबै शाखाका कर्मचारीहरुको महत्त्वपूर्ण भुमिका रहने बताईन । किसानलाई समयमा मल पुर्याउन नसकेको भन्दै फोहोरलाई मलमा परिणत गरेर किसनलाई मल बितरण गर्न सकिने कुरामा जोड दिइन । नगरपालिका सफल भएमा सबैको नाम जोडिने भन्दै नगरपालिकाको विकासको लागि तनमन लगाएर अगाडी बढ्न कर्मचारीहरुलाई आग्रह गरिन ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, युएनडिपी लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्याल, विपत व्यवस्थापन शाखा प्रमुख गायत्री थापाविच लमही नगरपालिकाको फोहोर व्यवस्थापनका बारेमा छलफल भएको हो ।

प्रतिवेदन पुस्तक हस्तान्तरण
त्यस्तै युएनडिपिको प्राविधिक सहयोगमा तयार पारिएको दिगो विकास लक्ष्य स्वैच्छिक पुनरावलोकन प्रतिवेदन सार्वजनिक भएको छ । उक्त पुस्तक लमही नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

आगामी सन २०३० सम्म यो लक्ष्य प्राप्ती गर्नका लागि पुस्तक मार्ग दर्शक बन्ने कुरामा विश्वास व्यक्त गरिएको छ । नगरप्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेंडीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्