प्रधानमन्त्री रोजगार कार्यक्रममा पाँच सय २० जनालाई रोजगारी – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रधानमन्त्री रोजगार कार्यक्रममा पाँच सय २० जनालाई रोजगारी

    मा प्रकाशित

कनिका संवाददाता
असार २३, बारा
प्रधानमन्त्री स्वरोजगार कारेमक्रम अन्तर्गत बाराको महागढीमाई नगरपालिकाले यसवर्ष पाँच सय २० जनालाई रोजगारी दिएको छ । नगरका ११ वटै वडामा सञ्चालित कार्यक्रममा वडागत रुपमा पाँच सय २० जनाले पाँच देखी १० दिनसम्मको रोजगारी पाएको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । हरियाली नगर निर्माण गर्ने योजना अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम बृक्षरोपणमा खर्च गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत हुलाकि राजमार्गको दायाँबायाँ साढे चार हजार बढी बिरुवा रोपिएको छ । जसका लागि डिभिजन वन कार्यालय बाराले फलफुल लगायत बिभिन्न प्रजातीका विरुवा उपलब्ध गराएको थियो । कार्यक्रमका लागि केन्द्रबाट उपलब्ध २२ लाख रुपयाँ र नगरपालिकाको चार लाख गरि कुल २६ लाख रुपयाँ खर्च भएको कार्यक्रमका फोकल व्यक्ती महम्मद फिरोजले जानकारी दिनुभयो । प्राप्त रकमबाट सुरक्षा र आकस्मिकता (कन्टिन्जेन्सी)मा १÷१ प्रतिशत, हाते औजार व्यवस्थापनमा तीन प्रतिशत, सामाग्री व्यवस्थापनमा २५ प्रतिशत र ज्यालाका लागि ७० प्रतिशत खर्च गर्नुपर्ने प्रवधानअनुसार पाँच सय २० जनालाई दैनिक पाँच सय ८० रुपयाँका दरले पारिश्रमिक उपलब्ध गराएको फिरोजले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम गरिएको बृक्षरोपण प्रभावकारी बनाउन र बिरुवा संरक्षणका लागि नगरले आथीक वर्ष २०७७÷७८ का लागि १५ लाख रुपयाँ विनियोजन गरेको मेयर यादवले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्