आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालद्वारा बहराइन पराजित – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालद्वारा बहराइन पराजित

    मा प्रकाशित

दाङ, १५ भदौ ।
आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहरानलाई १० विकेटले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाई २ ओभर ५ बलमै पूरा गर्‍यो ।

नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन बनाइन् । बहराइनले १३ अतिरिक्त रन दियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५ ओभर ४ बलमा ३१ रनमै अलआउट भयो । बहराइनका लागि रसन्गिका हेरथले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालका इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, पूजा महतो र रुबिना क्षेत्रीले १/१ विकेट लिइन् । बहराइनका दुई जना खेलाडी रन आउट भए ।

लगातार दोस्रो जितसँगै नेपालले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । हिजो बिहीवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले हराएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्