दुई जना यात्रु राखेर ट्याक्सी सञ्चालन गर्न दिने तयारी, सार्वजनिक यातायात सञ्चालनको गृहकार्य हुँदै – Kanika Khabar
Friday, March 29Nepali News Portal

दुई जना यात्रु राखेर ट्याक्सी सञ्चालन गर्न दिने तयारी, सार्वजनिक यातायात सञ्चालनको गृहकार्य हुँदै

    मा प्रकाशित

कनिका खबर
असार २३, दाङ ।
राखेर लामो समयसम्मको बन्दाबन्दीका कारण आर्थिक मारमा परेका ट्याक्सी व्यवसायीहरुलाई थोरै भए पनि आहतमा राहत थपिने भएको छ । लकडाउन खुकुलो भएपश्चात ट्याक्सी सञ्चालन गर्न पाउने माग गर्दै आएका ट्याक्सी व्यवसायीहरुको माग केही मात्रामा सम्बोधन भएको छ । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो ।

आजको बैठकमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । ‘यसबारे कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी )मा छलफल गरेर निर्णय हुनेछ ।’

यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्