अनेसास डेनमार्क च्याप्टरको चौथो कार्यसमितिको अध्यक्षमा बस्नेत – Kanika Khabar
Saturday, September 30Nepali News Portal

अनेसास डेनमार्क च्याप्टरको चौथो कार्यसमितिको अध्यक्षमा बस्नेत

    मा प्रकाशित

डेनमार्क

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (डेनमार्क)को तेश्रो अधिवेशनले पूर्ण बस्नेतको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जसमा वरिष्ठ उपाध्यक्ष रमेश घिमिरे, उपाध्यक्ष प्रदीप पाण्डे, महासचिव विमला शर्मा आचार्य (विद्या) सचिव दीपक ढुंगाना, कोषाध्यक्ष अनुजा गौैतम र सदस्यहरुमा दीपककुमार तिवारी, अजित देवकोटा, कविता अवस्थी, सफल चौलागाईं र ममता कट्टेल रहेका छन् ।

कार्यकाल २ वर्षे रहने नवनिर्वाचित अध्यक्ष बस्नेतले बताए । डेनमार्क च्याप्टरले हाल मासिकरुपमा अनलाइन पत्रिका र भिडियो पत्रिका पनि प्रकाशन गर्दै आइरहेको छ ।

समाजकी अध्यक्ष सरु ज्ञवाली रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाली राजदूतावासका राजदूत प्रो. डा. रामस्वार्थ रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

राजदूत रायले आफ्नो मन्तव्यको क्रममा आफ्नो विगतको साहित्यिक माहोल स्मरण गर्दै साहित्यले देशलाई पनि जोड्ने भएकोले अब सम्पूर्ण नेपाली भाषीहरुको एकीकृत कार्यक्रम पनि बन्नुपर्ने सुझाव दिए।

कार्यक्रममा कोषाध्यक्षले आर्थिक प्रतिवेदन र सचिव पूर्ण बस्नेतले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नयाँ कार्यसमितिलाई सुझाव दिदै एनआरएनएका निवर्तमान अध्यक्ष शैलु अधिकारीले विगतका दिनमा जस्तै आगामी दिनमा पनि आफू साहित्यको यो संस्थालाई सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा अनेसासकी केन्द्रीय उपाध्यक्ष सीता बराल, डेनमार्क च्याप्टरका पूर्वअध्यक्ष श्रष्टा प्रकाश सापकोटा, अनेसासका आजिवन सदस्य कृष्ण सागर सुवेदी, लेखक कृष्ण पौडेल, गैर आवासीय नेपाली संघ डेनमार्कका बरिष्ठ उपाध्यक्ष नील थापा, प्रवासी नेपाली मन्च डेनमार्कका अध्यक्ष नरेन्द्र बस्नेत, नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति यादव बस्नेत, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) डेनमार्कका अध्यक्ष सुदीप साम, क्रियटिभ नेपलिज वुमन इन डेनमार्ककी रमिता महर्जन प्रधान, रास्वपा डेनमार्कका तर्फबाट दीपक भट्ट लगायतले मन्तव्य सहित आफ्ना रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रमको समापन मन्तव्य दिदै निवर्तमान अध्यक्ष रेग्मीले आगामी कार्यकाललाई जुनसुकै सहयोग गर्न पनि आफू तयार भएको बताउँदै नयाँ कार्यसमितिलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा ४० जना बढीको उपस्थिति रहेको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्