कोरोना सङ्क्रमित मध्ये साढे १५ हजारभन्दा बढी आयातित, ९९ प्रतिशत लक्षणविही – Kanika Khabar
Monday, December 8Nepali News Portal

कोरोना सङ्क्रमित मध्ये साढे १५ हजारभन्दा बढी आयातित, ९९ प्रतिशत लक्षणविही

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, काठमाडौं
नेपालमा कोरोना भाइरस सङ्क्रमण लक्षण विना नै देखिएकाले थप चुनौती देखिएको छ । ९९ प्रतिशत कोरोनाभाइरसका लक्षणविहीन बिरामी रहेका देखिएका छन् । पुष्टि भएका ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छ । नेपालमा १६ हजार १ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा जम्मा ४ सय ८५ जना मात्रै नेपालमै सङ्क्रमण भएका व्यक्ति हुन् ।

जसमध्ये अधिकांश लक्षणविहिन बिरामी फेला परेकोले यसबाट समुदायमा सङ्क्रमण फैलिने जोखिम बढेको स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार दुई लाख ६० हजार व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएकोमा ९९ प्रतिशत बिरामी लक्षणविहीन फेला परेका छन् ।

उपत्यका बाहिर विदेशबाट आएका धेरै भएपनि काठमाडौंमा भने कम छन् । काठमाडौँमा पुष्टि भएका सङ्क्रमितमध्ये विदेशबाट आएका ७९ प्रतिशत छन् । काठमाडौँमा साउदी अरब, कुवेत, माल्दिभ्स लगायतका देशबाट उद्धार गरी ल्याइएका बिरामीको सम्पर्कमा आएका केही व्यक्तिहरूमा सङ्क्रमण पुष्टि भएको पाण्डेले बताउनुभयो । हालसम्म करिब २० हजार नेपाली विदेशबाट नेपाल ल्याइएको छ । बिभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारमा सरकारले गम्भीर त्रुटि गर्दा काठमाडौँ उपत्यका लगायत बिभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेको पाइएको छ ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्ने निर्णय गरे पनि उनीहरुलाई नेपाल ल्याउँदा सावधानी नअपनाइएका कारण स्वस्थ रहेका नेपालीमा पनि कोरोना फैलिएको सरकार मातहतका निकायले निष्कर्ष निकालेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्