सार्वजनिक यातायात चलाउने तयारी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सार्वजनिक यातायात चलाउने तयारी

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, काठमाडौं
सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ । सुरक्षाको मापदण्ड अपनाएर यातायातका साधन चलाउने तयारी भइरहेको सरकारले जनाएको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्न निर्देशन दिइसक्नु भएको छ । एक सिटमा एक यात्रु, मास्क, स्यानिटाइजरको व्यवस्थासहित सबै विकल्पहरू राखेर सार्वजनिक यातायात चलाउने मापदण्ड बनाइंदैछ । त्यसका आधारमा यसै महिनाको अन्त्यमा निर्णय हुनेछ । लकडाउन अझै लम्बिने, तर सार्वजनिक यातायात नचल्दा सर्वसाधारण समस्यामा परेपछि सञ्चालन गर्न लागिएको सरकारको भनाइ छ । ट्याक्सीमा एकजना मात्र यात्रु राख्ने गरी सञ्चालन गर्न दिने तयारीबारे पनि छलफल भइरहेको छ । यातायात व्यवसायी तथा ट्याक्सी चालकहरूले सार्वजनिक यातायात चलाउन दबाब दिँदै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्