नुवाकोटमा मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

नुवाकोटमा मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, नुवाकोट
नुुवाकोटको गंगटेमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । पासाङल्हामु मार्गको त्रिशूली–पिपलटार सडकखण्डको बिचमा रहेको विदुर नगरपालिका वडा नं. ५ गंगटेमा वा ९८ प ५५१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मोटरसाइकलको पछाडी बसेका अर्का एक युवक घाइते भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परि विदुर नगरपालिका वडा नं. ३ देवीघाट फिर्केपका २१ वर्षिय ठाकुर अधिकारीको मृत्यू भएको र विदुर–५ देवीघाटका २७ वर्षिय सुरेन्द्र चित्रकार घाइते भएको प्रहरी निरीक्षक विष्णु फूँयालले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्