वडा कार्यालय भवन निमार्णको लागि जग्गा दान – Kanika Khabar
Friday, May 16Nepali News Portal

वडा कार्यालय भवन निमार्णको लागि जग्गा दान

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, नुवाकोट
नुवाकोटको पूर्वी भेगमा रहेको लिखु गाउँपालिका वडा नं १ को वडा कार्यालय भवन निमार्णको लागि स्थानीय धर्मदत्त लामिछानेले १ रोपनीे जग्गा दान गर्नुभएको छ । उहाँले लिखु गाउँपालिका वडा नम्बर १ राममन्दिर स्थित कित्ता नं ७०१६ र ४१२९ को ८० लाख रुपैयाँ मुल्य बराबरको १ रोपनी जग्गा वडा नम्बर १ वडा कार्यालयलाई दान दिनुभएको हो ।

जग्गा पाएपछि वडा कार्यालयको भवन निर्माण कार्य सुरु भएको छ । लिखु गाउँपालिकाको कुनै पनि वडाको आफ्नै भवन छैन । जग्गा पाएपछि वडाले कार्यालय भवन निर्माणको काम सुरु गरेको हो । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ लगायतले जग्गादाता लामिछानेलाई सम्मान गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्