संघीयता पूर्ण कार्यान्वयनलाई ‘पूर्ण अधिकार’ : मुख्यमन्त्री चौधरी – Kanika Khabar
Monday, February 16Nepali News Portal

संघीयता पूर्ण कार्यान्वयनलाई ‘पूर्ण अधिकार’ : मुख्यमन्त्री चौधरी

    मा प्रकाशित

दाङ , २९ भदाै

दाङ, २९ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीययताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनु पर्ने बताएका छन् । त्यो भूमिका संघीय सरकारले निर्वाह गर्नु पर्ने बताए ।
प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसँग आग्रह समेत गरे ।
गाउँपालिका महासंघको आयोजनामा दाङको भालुवाङमा शुक्रवार भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठि कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।
उनले संघले अधिकार तल्लो तहमा नदिदा कार्य सम्पादनमा समस्या भइरहेको र त्यसको असर संघियताको कार्यान्वयनमा पुगेको बताए । सरकार रहेको तर अधिकारमा सम्पन्न सरकार नहुदा संघीयता समेत कार्यान्वयन नभएको उनको तर्क छ । अहिले संघीयतामा आलोचना बढिरहेको भन्दै त्यो अबस्था संघीय सरकारले ल्याएको बताउनु भयो । मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार समेत संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने संकेत देखिएको बताए । ‘अहिले भएको संघीयताको विरोध संघ सरकारकै कारण भएको छ,’उनले भने, ‘संघीयता विफल भए पनि संघकै कारण हुदैछ ।’ संघले पूर्ण अधिकार प्रदेशलाई दियो भने मात्रै संघीयता कार्यान्यवन हुने र प्रदेश सरकारको औचित्य पनि पुष्टि हुने बताए ।
उनले स्थानीय र प्रदेश सरकारले साना योजना भन्दा पनि देखिने प्रभावकारी योजनाहरु निर्माण गर्नु पर्ने बताए । उजले सबै योजनाहरु आर्थिक समृद्धिसँग जोडेर जान सकेमा जनताको आयस्तर समेत बढेर जाने बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्